Friday, November 27, 2015

परिभाषाको खोजी


भाषाको चिरहरण भैरहेका बेला म भनेँ परिभाषाको खोजीमा छु ।
परिभाषाको निख्खर मौलिक परिभाषा कस्तो हुन्छ ? अहिले तलासमा छु ।
जीवनका कैंयौं परिभाषाहरू मैले अँझै थाहा पाएको छैन । हिजोआज सर्वाधिक चल्तीको विषय नै परिभाषा हो । नयाँले पुरानालाई विस्थापन गर्छ । पुरानाले नयाँका लागि स्थान छोड्दैन । पुरानाहरू आफ्ना परिचय फालेर नयाँ हुन नसक्ने । नयाँले पुरानाको पथालम्बन गर्न नचाहने । यस्तो किन हुन्छ ? केका लागि हुन्छ ? प्राप्त्याशालाई उद्देश्य बनाएर अगाडि बढिएका चिरनूतन विचार सबैका लागि ग्राह्य हुनु पर्ने हो तर भएको छैन ।
जीवनमा व्यतिरेकी र संश्लेषित अनेकौं विम्बहरू छन् । पउल चित्रहरू छन् । अमौलिक चित्र र दूरूह विम्बाकृतिले जीवनलाई नै बिब्ल्याँटो बनाएको हो । धेरै खुकुला परिभाषाहरू पनि भोगाइका क्रममा कोक्याउने रैछन् । सधैँ आफू अनुकूल हुँदा ठिक र आफू प्रतिकूल हुँदा बेठिक । किन यस्तो हुन्छ ? खोजीमा अनवरत क्रियाशील छु । क्रियाशीलताकै साथमा क्रियाशील भएर लागिरहेको छु । बेधडक लाग्या छु । अलजेब्राका थ्योरमझैँ बटारिएका सूत्रहरूले जीवनलाई हल गर्न पनिसकेनन् । सूत्र र विधिले जीवनलाई सकसहीन बनाउने भए आज सबै साबालक मनहरू रहरका पिरामिड हेर्दै हृदयग्राही खुसीका आलम्बन भावहरूमा र जीवन सानन्द भोगाइका उपवनमा विचरण गर्दै कल्पनाको व्योममा उडेर कावा खाइरहेका हुन्थे ।
छैन न हो छैन । मामपा.....यो जीवन सोचेजस्तो छैन । भोगेजस्तो पनि छैन । जे हुन्छ भन्यो, त्यो हुँदैन । अनि जे हुँदैन भन्यो, त्यही हुन्छ । आखेटोपहारले कतै धूँवाधार लघारेको छ । उपहारले कतै स्याँस्याँ हुनेगरी पछ्याएको छ । पूर्णता भित्रको अपूर्णता अनि अपूर्णता भित्रको पूर्णताको नाद र निनादमै चकितचकित र थकितथकित भएर यात्रारत भएको छ –आजको मानिस ।
सबै पेपर मनिका पछि आफ्नो पाइन देखाएर बेतोडसँग दौडेका छन् । बेलाकुबेला नूनको हाहाकार पर्ने मुलुकमा कानूनको बद्नाम भएको छ । तीनसय पैंसठ्ठी दिनमा दस दिन कटाएर बाँकी तीनसय पचपन्न दिन असत्यले सत्यलाई जितेको दृष्टांश हामी चल्ती हिरोको फ्लप फिल्म टिकट काटेर हेरेझैँ वाचाल मुद्रामा हेरिरहेछौं । नहेर्नुको विकल्प पनि छैन् जसरी राजधानीको सार्वजनिक सवारी साधन चढ्ने यात्रुको जतिसुकै कन्तविजोग भए पनि उसले विकल्प खोज्नै सक्दैन । विजया पर्वको बाँकी दसदिन दुर्गा सप्तसती वाचन गर्दै पण्डितहरू धर्मको महिमा मण्डित भएको अभिनय गरिरहेछन् । मुक पशुपंक्षीको दोहन भएको छ –अनाहकमा । अलिखित र अपरिमेय संख्यामा रगतका कोसी र कर्णाली बगेका बेला अधिकारी दम्पत्ति भने न्यायका लागि अस्पतालमा अनसन बसेका छन् ।
यहाँ सेलफोनमा मात्रै होइन मनका नेटवर्कहरूमा समेत कल बाइपास गरिन थालिएको छ । एकथरि एलोपेथिक चिकित्सकहरू संविधानको गर्भधारण गरेको यो देशलाई नसा सम्बन्धी रोग लागेको भन्दैछन् । अर्काथरि आयुर्वेदिक चिकित्सकहरू दसा सम्बन्धी रोगको दलिल पेश गर्दैछन् । रोगी एउटै तर दुईथरि रोगको प्रेस्किप्सनमा जनता जनाद्र्धन कुहिराका काग बनाइएका छन् । तीनतीन पुस्तासम्म पनि एउटै शैलीको आन्दोलन गर्दै विधि र विधानकै खिल्ली उडाएर कस्तो संविधानको खोजी गरेका हुन् –बुज्रुकहरूले । कहिरनको गुत्थी अँझै ज्ञाताज्ञात भा छैन ।
सगुनका साइपाटाहरू पनि भनेनन् यी हाइटेक मानिसहरूले, साइतका घडाहरू पनि भनेनन् यी विजित मनोकांक्षालेहरूले । वर्तमानको बजारमा हाहाकार मात्र सस्तिएको छ । मँहगीमा हजार थोकहरू कुलिन ट्याग भिराएर थाक लागेका छन् । अनुशासन र कर्तव्यमा क्रमशः चिलासा र घुन लाग्न थालेका छन् । सुशासनको घाम एकादेशको कथा बेनको सदियौं भयो । विचार र आस्थाका कन्टेनरहरू यतिखेर सुनकोसीमा आएको पहिरोले जाममा परेका छन् । सहमतिको पथमा पहिरो खसेको छ । सिँहदरबारका बाटाहरू विकट भएरै होला नेताहरू सहकार्यार्थ रिसोर्टहरूमा जान थालेको धेरै भयो । उपजीव्य गन्थ्र मानिएको गीताको गोदाममा लाहाछाप लगाइएको छ । बाइबलको अपव्याख्या गरेर मनोलोकको धज्जी उडाएका छन् –बठ्याइँजीवीहरूले । कुटिल मनहरूले कुरानको पवित्रतामाथि नै धावा बोलेका छन् । सबैभन्दा बबुरो त बुद्धको इथिक्स भएको छ । संसारमा युद्ध असनको साँढेझैँ सुण्डी झोल्याउँदै, कोरलीका पछिपछि उत्तेजनाको फरमान जारी गर्दै र्याल चुहाएर अनवरत लम्किरहेछ –दशै दिक्पाल ।
इमान जमानको यद्यपि बोलकबोल प्रथाद्वारा लीलाम जारी छ । बुगेको प्याकसँगै औपचारिकतामा सीमित बनाइएका संवेदनाहरू पन्याला बनेर पातलिएका छन् । वेदनामा विज्ञापन गरेर नाफामुखी बेपारको सेयर बजारमा प्रतिकित्ता सेयरको भाउ उकालो लागिरहेछ । मानिस मेसिन भएकाले रियल लाइफमाभन्दा रिल लाइफमा रमाउन थालेको छ । फेक आइडीको सदुपयोग गर्दै जँवामर्द लोग्ने र पतिव्रता स्वास्नीनै वल्लोकोठा पल्लोकोठा बसेर च्याटमा खसमभार्याको समर्पणलाई सहिद बनाउँदै इत्तरिएका छन् । फेसबुकमा हरेक मानिसका तालहरू बेतालसँग रम्रिएका छन् । जगत् उल्टो नदीझैँ कर्मनाशा नाममा गन्धे पानीको फोहरा मिसाएर भोरजूवाको खेलबाडमा बाँकटे हान्न उद्दिग्न छ । तर बिन बादल बर्सिने मेघले शस्यशालिनी धराका खलियानहरू बेमौसमको बाजा बजाउँदै पोखरीमा परिणत भएका छन् । रोप्ने बेलामा बर्सिदैँन । भित्र्याउने बेलामा नचाहिँदो तबरले ओइरिन्छ –आरीले घोप्ट्याएझैँ । सुकृतिको नादमा लास्सो बीचमा प्रकृति पनि ताण्डव मच्चाइरहेको छ । एनजीओहरू जलवायु परिवर्तनका असिना टिपेर आइसको रिपोर्टिङ गर्दै ‘हरियो नोट’ छाप्नमै व्यस्त छन् ।
आदर्श राघव मानिएका अयोध्याका रामहरूलाई विना हिच्किचाहट् फोटोमा पारेर भित्तामा सजाइएको छ । यहाँ आइफोन बोक्ने आधुनिक रामहरू हराम भएका छन् । लक्ष्मणको इतिहासमा धमिरा लागेको छ । सीताहरू जीवन धान्नै अरब र मलेसियाका ताता फाँटमा गलितथकित मुद्रामा क्लान्त परिचय बोकेर लज्जाको मैलो परिधानभित्र लुकेर बाँच्न विवश छन् । यता देशमा आँखामा चिप्रा लागेका र ओठमा कलेँटी परेका तिनका नानीहरू पशुपति शर्माले गाएका ‘मलाई चिन्ता छैन केई’ गीत जानीनजानी गाइरहेछन् ।
पिउँदा त कताकति मजा लाग्छ पनि यो मनलाई । तर भोलिपल्टको दिक्दारीले फेरि पिउने कामलाई अघोषित रूपमै घृणा गर्छ । जस्तो तबल थापेर आएको दिन भार्याको आँखामा खुसीको एक प्रकारको मिसाइल पाउँछु अनि उधारो खाँदा र साहूजीका जाँदा उनै पत्नीको आँखाका तलाउमा फेवामा झैँ जलकुम्भी झार (दलगच्चा) उम्रिएर हैरानिएको भेद खुल्छ । पैसामा कस्तो पामर छ ? आफ्नै स्वास्नीलाई पनि निमेषभर मै बदलिदिन सक्छ ।
सामूहिक यात्राको यायावर यात्री भएको छु । मन त एकान्तको उपवनमा सयर गर्न चाहन्छ । शरीर सधँै चेतना छलेर आनन्दको खोजी गर्छ । आत्मा कहिलेकाहीँ मात्र नत्र शरीरको यस्तो आनन्दपरक यात्रालाई बेफ्वाँकमा गाली गरिरहन्छ । यात्रामा पार्थहरू छन् । परिवारका सदस्यहरू पनि छन् । आदर्शमा कौन्तेय गाण्डिवधारी अर्जुन साथै छन् । उनी हरपल सचेत बनाउछन् । जीवनमा चिट नचोर, भ्रमको पिङमा नमच्ची । धोकाघडीद्वय सापेक्ष पाश्ववर्ती भएर कर्ण र सकुनी इच्छाहरू पनि सल्बलाउन थालेका छन् । बगरलाई म्वाइ खाएर भागेका खोलाका लहरजस्ता तर्पिनतर्पिन सिद्धान्तले डिमार्केसनको सीमाना नदेखाएको पनि होइन । र पनि गुणवत्ताका खोलहरू झिरिप्प भएर मक्किनै सकेका छन् । अब त्यहाँ कुनै सान्त्वनाको सियोले रोदनको भ्वाँङ टाल्ने काम गर्न सक्दैन । किमार्थ सक्दैन ।
अभिभावकहरूलाई इन्भर्टरको उज्यालोमा सीमित बनाइएको स्काइपमा यहाँ छाडेर अनुज पुस्ता अब सात समुद्रपारि बत्तीइनैसके । कहाँकहाँ पुगे ? न धागालाई पत्तोफाँट, न चङ्गालाई ज्ञाताज्ञात । सबै कल्पिनुको श्यामश्वेत अलिना साझेदारीमा अनुमानका गुगलहरू सर्च गर्छन् । अर्धानो इमान ह्याङ् भएका बेलामा मायाको नेटवर्कले काम नगरेपछि कस्तो के लाग्छ र ?
चाक्षुस मार्गमा अवरोधार्थ तथागतहरू आएका छन् । भान्ते र अनुजलाई कुनै अध्यात्मको ट्राफिकले मार्गदर्शन गर्न सकेको छैन । उत्तरपुस्तिका समाएर उत्तरकै लागि टोलाइरहेका परीक्षार्थीहरू, आफू अनुकूल ‘कि’ बनाउनै उत्तरका खोजीमा ध्यानमग्न रहेका प्राश्निकहरू, ऊध्र्वमार्गको गमनार्थ ध्यान गरेकै जोगीहरू, भोगीहरू, भट्टीमाराहरू, साहूहरू, विधान निर्मितिका लागि भनेर सफेद लुगामा ठाँटिएकाहरू सबैसबै अल्पविराम मुद्रामा छन् । हताशा र मनोवादात्मक शैलीमा एकान्तमा एकालाप गरिरहेका छन् । वार्ता र सहकार्यको नाटक रचेर किँबा कोही शाष्टाङ्ग दण्डवत् शैलीमा इशान दिशातर्फ पृष्ठभूमि बनाउँदै लम्पसार दर्शनको रिहर्षल गरिरहेका छन् । लाग्छ, यी सबैसबैलाई व्यक्तिगत लाभहानिको चिन्ता छ । यसो गर्नु मै आनन्दको बहार छ । केवल वसन्तवहार । अपरिमित चाहनाको दाइँमा जब कसैले तगाराको अखनीले रोक्न खोज्छ अनि अभियन्तालाई असिम चिन्ता लाग्छ ।
समस्याको पूर्णविरामलाई नमन गर्ने मन छ । तर मन यतिखेर हतासको तिजोरीमा कैद छ । सबै उपायहरू निरुपाय भएका छन् । भर्खरै मात्र यादहरूले संकल्पको याद दिलाएर गए । तर त्यो पनि पानीको फोका सावित भयो । अतः असल मनलाई नमन छ । प्राप्त्यासालाई आदर छ । प्रबल प्रत्याभूतिलाई गौरव गरेको छु । अहर्निष शब्दका चरू होमेर जीवनको स्निग्ध यज्ञोपवित धारणार्थ मन्द गतिकै सही केही हतारमा छु । सवारी जाम छन् तर सवारीचालकहरू हतारिएका मानसिकतामा रहेका छन् । जेब्राक्रसमा उभिएको छु । अहिले मनोलोकको निरव शान्ति प्रत्याभूत गर्ने गुम्बाका गुरुहरू लामो घर बिदामा गएका छन् । चौरस्ताका ट्राफिकहरू अचेल स्वार्थका कित्ता मिलेकाले सवारी चालकसँग नजिक र पैदल यात्रीसँग क्रमशः टाढिएका छन् । अपनत्व र दूरत्वको यो संघटन द्रव्यको हुरीमा नुहिएका मकैका बोटझैँ भएकाछन् । भलिभाँती थाहा छ, नाहकमा पैदल यात्री भएर दुःख बेसाएको रहेछु । अहिले बेसाउने सबै चिजमा पेष्टिसाइट हालिएको छ । आफू आर्गेनिकको खोजीमा निस्किएको नाटक गरेर मेरा छिमेकीहरू  क्रमशः  ...

गाउँ र सहरमा यही फरक छ


शहरका मान्छेकाे घरमा एउटा कुकुर छ, गाउँका मान्छेकाे घरमा ८/१० वटा गाइभैंसी छन ।
शहरका मान्छेकाे घरमा हावाकाे लागि पंखा चलाइन्छ, गाउँमा जताततै प्रकृतिकाे हावा नै हावा छ ।
शहरमा नुहाउनकाे लागि सानाे काेठा छ, गाउँमा नुहाउनकाे लागि सयाैं खाेला र पँधेराहरू छन ।
शहरमा उज्यालाेकाे लागि बिजुली छ, गाउँमा उज्यालाेकाे लागि अाकाशभरी जुनताराहरू छन ।
शहरमा अाफ्नाहरू नै पराइ बनिदिन्छन, गाउँमा पराइहरू पनि अाफ्ना जस्तै बनिदिन्छन ।

Saturday, April 18, 2015

कति आवश्यक छ साइबर कानुन ?


विश्वमा तिब्र गतिले विकसित भइरहेको विद्युतीय सूचना प्रविधिलाई राष्ट्रको आर्थिक, सामाजिक तथा औद्योगिक विकास प्रक्रियामा आत्मसात गराउनु हामी सबैको दायित्व हो । पछिल्लो समयमा नेपालमा फस्टाएको इन्टरनेट प्रविधिले समाजमा राम्रो नराम्रो दुबै छाप घाडेको छ । कतिपय दुर्घटना साइबर कानुनको अभावमा घटिरहेको छन् ।

सामान्यतः साइबर ‘ल’ भन्नाले बाल अश्लीलता, साइबर स्टकिङ, साइबर स्क्यान, सˆटवेयर पाइरेसी र अन्य कम्प्युटरसँग सम्बन्धित रहेर गर्ने गराइले अपराधलाई जनाउन्छ । कानुनविद् अहिले इन्टरनेट समुदायलाई यसका बारेमा थप जानकारी गराई बचावट र रिपोर्ट गर्ने विधिबारे अनुसन्धानात्मक खोजमा व्यस्त छन् । लामो छलफल र प्रयास पश्चात नेपाल सरकारले बहु प्रतिष्ठित इलेक्ट्रोनिक ट्रान्ज्याक्सन एन्ड डिजिटल सिग्नेचर एक्ट अर्डिनेन्स । -भ्त्म्क्ब्)-२०६१ नामक विद्युतीय कारोबार ऐन जारी गर्‍यो । जसलाई हामी साइबरको रूपमा चिन्छौं ।

यस ऐनले सूचना प्रविधि क्षेत्रमा एउटा नयाँ विश्वास सिर्जना गरिदिएको छ । जसले कम्प्युटर तथा सूचना प्रविधिमा निर्भर व्यवसायीलाई व्यापारिक हिसाबले निकै टेवा पुगेको मानिन्छ । कारबाहीको कडा प्रावधान रहेको यस ऐनले अपराधको प्रकृति हेरी दोषीलाई कानुनी दायरामा ल्याउँछ चाहे त्यो कुनै व्यक्ति होस् या संघ संस्था ।

यो ‘ल’ कार्यान्वयनमा रहे पनि कतिपय समस्यालाई संवोधन गर्न सकेको छैन । कम बुँदामा व्याख्याइएको यस ऐनले अपराधका कतिपय अवस्थालाई किटानका साथ कुनअन्तर्गत पर्छ भन्ने कुरासमेत छर्लङ्ग छैन । जापान, अमेरिकाजस्ता विकसित मुलुकमा झैँ हाम्रो देशमा त्यति वृहत अभ्यास नभएर होला अनलाइन सञ्चार माध्यम, जरिवाना र गिरˆतारीमा खासै ठूला समस्या हुँदैनन् ।

भ्रष्टाचारबाट सायदै कुनै क्षेत्र अछूत रहने हाम्रो देशमा ठूलो सरकारी र केही निजी संस्थामा खुले आम प्रयोग हुने पाइरेटेड सˆटवेयर हालको सबै भन्दा ठूलो समस्या हुन् । स्वयं सरोकारवालाहरूसमेत यसलाई ल्याउन पछि पर्दैनन् । काठमाडौँका प्रायःजसो फुटपाट र डबलीमा सहजै किन्न पाइने सˆटवेयरका सीडीले यसको वास्तविक मूल्य मान्यतालाई ठेस त पुर्‍याएकै छ त्यसैमाथि कानुनलाई समेत निरन्तर उल्लङ्घन गरिरहेको छ । सायद हामीलाई चेतना नभएरै होला, त्यस्तै ठाउँहरूमा भिड लगाउँछौं अनि गुणस्तर र कानुनलाई वास्ता गर्देनौं । जस्ता सुकै सˆटवेयरका सीडीसमेत काठमाडौँमा पचासदेखि एकसय रुपियाँमा किनेर चलाउन पाउनु हाम्रा लागि नयाँ पक्कै होइन । विदेशबाट नेपाल घुम्न आएका पर्यटकहरूले समेत नेपालबाट त्यस्ता सीडीहरू किनेर लाने गरेको न्युरोडका एक व्यापारीले बताए । यो समस्या सीडीमा मात्र सीमित छैन । साइबर क्याफेमा उमेर नपुगेका साना केटाकेटीले अश्लील वेबसाइट हेर्ने गरेका तथ्याङ्क हामीसँग छ साइबर धनीलाई आˆनो पसल भरिए पुग्छ, बाँकी उसलाई मतलब छैन । पछिल्ला दिनहरूमा केही कडाइ गरी उमेर नपुगेका अर्थात् अठार वर्ष मुनिका बालबालिकाहरूलाई साइबरको पहुँचबाट बन्देज लगाइएको छ जुन त्यति प्रभावकारी ढङ्गबाट लागू हुन भने सकेन ।

हाल आएर गृह मन्त्रालयले हरेक प्रयोगकर्तालाई परिचय पत्र अनिवार्यरूपमा प्रस्तुत गरिनै पर्ने प्रावधान छ, जुन कहीँ पनि देखिन्न । कसैले एउटा कुनै नयाँ सक्कली सीडी किनेर ल्यायो भने उसले आˆना साथीभाइ, छर छिमेकी सबैलाई उक्त सीडी सहजै दिन्छ, जुन अहिले हामीमा बानीकै रूपमा विकसित भइसकेको छ । इन्टरनेटकै दुरुपयोगका कारण यी सब समस्याले दिनानुदिन जरा गाड्दै छ तर जिम्मेवारको त यसका लागि ?

हिजोआज नेपाली गीत-सङ्गीतमा हुने गरेको पाइरेसीहरू धेरै नै नियन्त्रणमा ल्याइएको छ । सरोकारवालाहरू आफैँ यसबारे निकै सजग रहेर सम्भाव्य आपाराधिक क्रियाकलापलाई कानुनी दायरामा/नजरमा ल्याउन प्रयासरत छन् ।

यी तमाम बेफाइदा रहँदारहदैँ पनि यसका अलावा, इन्टरनेट सबै वर्गका लागि वरदान सावित भएको छ । इन्टरनेटसँग बानी परेकाहरू आज योसँग छुट्टनि चाहँदैनन् र सक्दैनन् पनि वास्तवमै जीवनको एक अभिन्न अङ्ग भइसकेको इन्टरनेट जसरी प्रयोग गर्‍यो त्यस्तै नै हुन्छ । जो, जहाँसुकै, जुनसुकै बेला इन्टरनेटको सहज प्रयोग गर्न पाउँछ चाहे जानकारीका लागि होस या मनोरञ्जनका लागि ।

साइबर ‘ल’ को प्रभावकारी कार्यान्वयन साच्चै नै एउटा निकै ठूलो आवश्यकता हो । सूचना प्रविधिलाई औद्योगीकरण गर्नका लागि अन्तर्राष्ट्रिय कानुनी प्रावधान र सन्दर्भलाई आत्मसात गर्नेपर्छ, जसले हरेक दिन देखिने नयाँ वातावरणलाई एउटा बुँदामा समेट्न सकोस् र इ कमर्सदेखि एम-कमर्स यानीकी इलेक्ट्रोनिक कमर्सदेखि मोबाइल कमर्ससम्मका सुविधा उपभोग गर्न लालायीत हामीलाई एउटा निश्चिन्तताको वातावरण तयार पारिदिने कसले त ….?

नागरिकलाई झक्झकाउनु भन्दा पहिले सरोकारवालाहरूलाई आत्मवोध हुनु आवश्यक छ । पछिल्ला वर्षहरूमा हृवात्तै बढेको इन्टरनेट र मोबाइल फोन प्रयोग कर्ताको सङ्ख्याले समेत यो ऐनको प्रभावकारितालाई अत्यावश्यक देखाउँछ । सूचना प्रविधि क्रान्ति अपेक्षा गर्ने नेपालले यस क्षेत्रमा अझँै प्रशस्तै गृहकार्य गर्नैपर्छ । विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार पछिल्ला समयमा साइबर अपराधसम्बन्धी धेरै रिपोर्टहरू आएका छन् र त्यसलाई उचित सम्बोधनसमेत भएको छ । विज्ञान प्रविधि गतिशील क्षेत्र भएकाले यससँग सम्बन्धित नियम कानुन तथा ऐनहरू अध्यावधि राख्नुका लागि नियमित संसोधन गर्न आवश्यक छ चाहे त्यो स्थानीयस्तरमा होस या विश्व व्यापी रूपमा ।

Wednesday, February 11, 2015

प्रेम दिबश


भ्यालेन्टाइन डे' आउन अब
एक हप्ता पनि बाँकी छैन।
हरेक वर्ष फेब्रुअरी १४
मा मनाइने यो प्रेम
उत्सव
युवापुस्ताका लागि स्वर्गीय
आनन्द प्राप्त गर्ने अवसर
बन्ने गरेको छ।
हप्तौं अघिदेखि नै
काठमाडौंका गल्ली तथा चोकहरूमा यसको रौनक
छाइसकेको छ। विभिन्न
होटल, रिसोर्ट एवं
रेस्टुरेन्टहरूल े
भ्यालेन्टाइन प्याकेज
प्रस्तुत गरिरहेका छन्।
भ्यालेन्टाइन
डेको चहलपहलले
आमयुवाको मनमुटुमा एक
खालको तरङ्ग नै
पैदा गरिदिएको छ।
प्रेमको प्रतीक प्रणय
दिवसको सुरुआत रोमबाट
भएको हो। सन्त
भ्यालेन्टाइनको मृत्युसँगै
यो दिवस मनाउन
थालिएको हो ।
प्रेमका लागि प्राण
त्याग्न तयार
उनको सम्झनामा हरेक
वर्ष यो दिनलाई
भ्यालेन्टाइन
डेका रूपमा मनाइँदै
आएको छ। प्रेमलाई
चिन्ताबाट
मुक्ति दिलाउने अचुक
औषधीका रूपमा पनि लिइन्छ।
हरेक प्राणी जगत्मा प्रेम
अत्यावश्यक र अनिवार्य
मानिन्छ। विपरीत
लिङ्गीबीचको प्रेम
मात्र प्रेम नभई एक-
अर्काप्रति गरिने
सद्भाव, माया र आदर
पनि प्रेम नै हो।
भ्यालेन्टाइन कला
भ्यालेन्टाइन डेलाई
रोमाञ्चक एवं
अविस्मरणीय बनाउन
केही अचुक सूत्र
पालना गर्नु आवश्यक छ।
भ्यालेन्टाइन डे मनाउने
क्रममा जोसमा होस
गुमाएर पछुताउनेहरू
मात्र होइन,
पहिलो प्रस्तावमै फेल
खानेहरू समेत थुप्रै छन्।
सानोतिनो कमजोरीले
पनि कायम सम्बन्धलाई
सुमधर
बनाउनुभन्दा त्यसमा फाटो ल्याउने
काम मात्र गर्न सक्छ।
त्यस कारण
आफ्ना प्रेमी/
प्रेमिकाको मन जित्न र
विश्वासी बन्न
भ्यालेन्टाइन कला जान्नु
अनिवार्य छ, जसले
आपसी निकटता नङमासुझैं
बन्न सहयोग पुग्छ।
आफ्नो साथीसमक्ष
भ्यालेन्टाइन डे मनाउन
राखेको प्रस्ताव
अस्वीकृत
भएको खण्डमा एकैपटक
रिसाइ नहाल्नुहोस्,
किनभने उसले
तपाईंको छड्के चेक
गरेको हुनसक्छ। सकेसम्म
मायालु शब्द प्रयोग गर्दै
रिक्वेस्ट गर्नुहोस्। भेट
हुनासाथ माया लिन/
दिन हतार गर्नु हुँदैन।
भ्यालेन्टाइन सरप्राइज
दिंदा महँगोभन्दा पनि आकर्षक,
रोमान्टिक र प्रेमभाव
झल्किने उपहार किन्नु
उत्तम हुन्छ। सँगै बसेर
खाँदा वातावरणलाई
सकभर प्रेममय
बनाउनुहोस्।
जीवनका हरेक दुःख-
कष्टलाई चटक्कै
बिर्सनुहोस्। प्रेममय
बनाउने धुनमा उत्तेजित भै
साथीको आग्रहविपरीत
रोमान्स गर्नतिर
नलाग्नुहोस्।
आफ्नी साथी पनि रोमान्सकै
लागि भ्यालेन्टाइन डे
मनाउन आएकी हुन्, त्यसैले
बिस्तारै
रोमान्समा होमिनु
स्वादिलो हुन्छ। दुवैले एक-
अर्काको आँखाको इसारा बुझ्नु
अत्यावश्यक छ।
इसाराबाटै
रोमान्सको उदय हुन्छ।
दम्पतीलाई टिप्स
भ्यालेन्टाइन डे टिनएजर
तथा प्रेमी/
प्रेमिकाहरूले मात्र
मनाउने पर्व होइन,
यसलाई दम्पतीले
पनि उत्तिकै
महत्वका साथ मनाउन
सक्छन्। यसले दाम्पत्य
जीवनलाई थप निकट,
सुखद एवं रोमाञ्चक
बनाउँछ।
यसका लागि विभिन्न
उपाय अपनाउन सकिन्छ।
जस्तै दम्पतीले
मिठासपूर्ण प्रेममय
वातावरणमा डिनर खानु,
हल्का वाइन र पेय
पदार्थ लिई 'मुडफ्रेस' हुनु
जसले दुवै
जनाको मुहारमा मायाको प्रतिविम्ब
झल्किन्छ र
मायामा डुबुल्की मार्न
सघाउ पुग्छ।
भ्यालेन्टाइनको रातलाई
अझ रोमाञ्चक र
रोमान्समय बनाउन
सुगन्धित तेलले एक-
अर्काको मसाज
गर्दा पनि आपसी सम्बन्धमा न्यानोपन
छाउँछ।
दम्पतीले भ्यालेन्टाइन डे
मनाउन एक-अर्कालाई
व्यक्तिगत उपहार
पनि दिन सक्छन्।
यसका लागि आफ्ना पुराना रोमान्टिक
नोटहरू, फोटो एल्बम,
निजी अविस्मरणीय
क्षणहरू
समेटिएको डायरीजस्ता व्यक्तिगत
उपहार एक-अर्कालाई
दिएर पनि भ्यालेन्टाइन
डे मनाउन सकिन्छ।
अर्को भनेको मीठा परिकार
एक-अर्कालाई आफैंले
बनाएर ख्वाउन सकिन्छ।
यसले निकटता मात्र
नभएर एक-
अर्कामा क्षमता दर्साउन
पनि सघाउ पुग्छ। त्यस्तै
जीवनका लक्ष्यलाई
सफलतासँग दाँजेर
मिठासपूर्ण
वातावरणमा न्यानो माया दिएर
पनि भ्यालेन्टाइन डे
मनाउन सकिन्छ। अरू
बेला डाडुपन्यु र
कुचो खाएको कुरालाई
चटक्कै बिर्सेर एक-
अर्काको मायामा तैरिनुपर्छ,
जसले
सम्बन्धमा नयाँ ऊर्जा थपिनेछ
र प्रगाढता छाउनेछ।

Monday, February 9, 2015

कसरी बन्ने त सफल उद्घोषक


विविध सभा, समारोह वा सांस्कृतिक कार्यक्रम प्रथमतः बोल्ने वा कार्यक्रमको बारेमा क्रमबद्धरुपमा दर्शक वा श्रोतालाई जानकारी गराउने व्यक्तिलाई उद्घोषक भनिन्छ। उद्घोषक पाँच अक्षर मिलेर बनेको छ। जसमा ‘उ’ भनेको उत्कृष्ट आवाज भएको ‘द’ भनेको केही दक्षता हासिल गरेको, ‘घो’ बाट घोषणा गर्ने व्यक्ति ‘ष’ बाट सटिक जवाफ दिने व्यक्ति र ‘क’ भनेको कर्ण्र्ााप्रय आवाजको धनी या काल्पनिक शक्ति भएको भन्ने बुझिन्छ। सफल उद्घोषक बन्ने इच्छा राखेरमात्र हुँदैन, जसका लागि उचित र सही शिक्षाको आवश्यकता छ।

सम्पूर्ण पाठकवृन्दहरु जो विविध कार्यक्रममा ढुक्क भएर बोल्न चाहना राख्ने व्यक्तिहरुका लागि सहयोग पुर्‍याउने उद्देश्यले यस सम्बन्धी आÇना केही अनुभव तथा धारणाहरु यस लेखमार्फत् प्रस्तुत गर्ने प्रयास गरेको छु। आशा छ यसलाई पढेर केही आÇनो बोल्ने कलामा विकास गर्नुहुनेछ।

सर्वप्रथम त एक कुशल उद्घोषक बन्नका लागि छधज्ञज को ज्ञान हुनु नितान्त आवश्यक छ। छधज्ञज भनेको नेपालीमा छ ‘क’ भन्ने बुझिन्छ।

आउनुहोस् चर्चा गरौं छ ‘क’ भनेको के हो भन्ने सम्बन्धमा जसरी छध भनेको ध्जबत – ध्जभचभ – ध्जभल – ध्जय- ध्जथ – र ज्यध – भन्ने अर्थ लाग्छ। नेपालीमा छ ‘क’ भन्नाले कार्यक्रमको के हो ? कार्यक्रम कहाँ हुँदैछ ? कार्यक्रम कहिले हुँदैछ ?  कार्यक्रमको आयोजक तथा प्रायोजक को हो ? कार्यक्रम कसरी हुँदैछ भन्ने कुराको ज्ञान एक कुशल कार्यक्रम उद्घोषकमा हुनुपर्छ। कार्यक्रमको सुरुवातमा नै यी ६ वटा प्रश्नको उत्तरको आधारमा कार्यक्रम सञ्चालन गर्नुपर्दछ। छधज्ञज को आधारमा कार्यक्रम चलाउँदा प्रस्तुत गरिने सानो उदाहरण ‘नमस्कार, आज मिति २०७०/०५/०१ शनिबारका दिन। यस जनचेतना आमा-समूहको आयोजनामा हुन गइरहेको ग्रामीण भेगमा बस्ने एकल तथा असहाय महिलाको जीवनस्तर उकास्ने उद्देश्यले आयोजना गरिएको १५ दिने सिलाई बुनाई तालिमको समुद्घाटन समारोहमा पाल्नुभएका सम्पूर्ण महानुभावहरुमा म कार्यक्रम सञ्चालक ‘ को तर्फबाट न्यानो न्यानो अभिवादन’।)

माथि उल्लेखित उदाहरणमा ६ वटा ‘क’ को उत्तर आएको छ। त्यसैगरी कार्यक्रममा अतिथि ग्रहणदेखि लिएर समापन विधिवत्रुपमा गरिन्छ तर अनौपचारिक कार्यक्रममा आशन ग्रहण केही पनि हुँदैन। जहाँ उद्घोषकले सिधैं कार्यक्रम सञ्चालन गर्ने चलन छ।

सम्पूर्ण उद्घोषकलाई समस्या पर्ने भनेको आशन ग्रहणको बेलामा हुन सक्छ। आउनुहोस्, आसन ग्रहण कसरी गराउने भन्ने तरिका सिकौं।

सर्वप्रथम त सभापतिको आसन ग्रहण गराउनुपर्छ। सम्झनुहोस्, त्यस कार्यक्रमको सभापति त्यही कार्यक्रम सञ्चालन गर्ने संस्थाकै हुनुपर्छ। कहिल्यै पनि बाहिरबाट बोलाइएका पाहुनालाई सभापति बनाउनु हुँदैन। दोस्रोमा प्रमुख अतिथिको आसन ग्रहण गराउनुपर्छ तर कुनै कार्यक्रममा त विशिष् अतिथि पनि बोलाउने चलन हुनसक्छ, त्यस्तो अवस्थामा फेरि प्रमखु अतिथि भन्दा अगाडि विशिष्ट अतिथिलाई आसनग्रहणका लागि अनुरोध गर्नुपर्छ तेस्रोमा क्रमशः अतिथिहरुको संख्या हेरेर आसनग्रहण गराउनुपर्दछ। अन्त्यमा कार्यक्रम संयोजकलाई आसन ग्रहण गर्न लगाउनुपर्छ। कार्यक्रम संयोजक पनि त्यही संस्थामा आवद्ध व्यक्ति हुनुपर्छ।

आसनग्रहणपछि आसन गरिसकेका सबै अतिथि वर्गलगायत मञ्चको अगाडि बसेकाहरुलाई ब्याच वितरण गर्नुपर्छ। ब्याच वितरण गर्दा वितरकहरु महिला हुनु राम्रो मानिन्छ। ब्याच वितरण भइरहेको बेलामा उद्घोषकले आÇनो कार्यक्रमको भूमिका बाँध्न पाइन्छ। ब्याच वितरण सकिएपछाडि स्वागत गीत/राष्ट्रिय गीत/ वा प्रार्थना प्रस्तुत गर्नुपर्छ, आफूसँग जे उपलब्ध छ। त्यही प्रस्तुत गर्नुहोस्। त्यसपछि कार्यक्रमबारे जानकारी र स्वागत मन्तव्य राखिदिनका लागि मञ्चमा आशन ग्रहण गरिरहनुभएका कार्यक्रम संयोजकलाई बोलाउनुपर्छ। त्यसपश्चात कार्यक्रमको विधिवत् रुपमा कार्यक्रमको उद्घाटन गरिदिनुहुन प्रमुख अतिथिलाई अनुरोध गर्नु पर्दछ। कार्यक्रमको उद्घाटन गर्ने तरिकाहरु फरक/फरक हुन सक्दछन्। कतै माइक्रोफोन अन गरेर गरिन्छ। कतै पानसमा दीप प्रज्वलन गरेर गरिन्छ भने कतै-कतै रिबन काटेर गरिन्छ। कार्यक्रममा उद्घाटन मन्तव्य राखिदिनुहुन प्रमुख अतिथिलाई अनुरोध गर्नुपर्दछ। बीच-बीचमा विविध प्रस्तुतिहरु भएमा राख्न पनि सकिन्छ। अन्त्यमा कार्यक्रमको विधिवत्रुपमा समापन भएको जानकारी दिनका लागि कार्यक्रमका सभापतिलाई अनुरोध गर्दै कार्यक्रम सञ्चालक बिदा हुनुपर्दछ।

उद्घोषक बन्नका लागि सर्वप्रथम त बोल्ने बानीको विकास भएको हुनुपर्दछ। उद्घोषक जहिले पनि निडर, साहसी र आत्मविश्वासी हुनुपर्छ। बोल्दा लजाउने व्यक्ति कदापि उद्घोषक बन्न सक्दैन। उद्घोषकले दर्शक र कार्यक्रमबीच पुलको काम गर्ने भएकोले उद्घोषक अति नै प्रभावकारी हुनुपर्दछ। कार्यक्रम राम्रो हुने या नहुने र भइरहेका दर्शकलाई बसुँ/वसुँ बनाउने उद्घोषककै आवाजले हो।

उद्घोषकको आवाज सदा उत्कृष्ट हुनुपर्दछ।
उद्घोषकले अतिथिहरुलाई आसन ग्रहण

ग्रहण गराउँदा पहिला पद र नाम स्पष्टसँग उच्चारण गर्नुपर्दछ। उद्घोषकले कहिल्यै पनि पद र संस्थाको नाम उच्चारण गर्दा संक्षिप्त रुप प्रयोग गर्नुहुँदैन।

अब चर्चा गरौं, एक कुशल उद्घोषकमा हुुनुपर्ने गुणहरुबारे

-छधज्ञज को पूर्णज्ञान

-यान्त्रिक उपकरणबारे सामान्य जानकारी।

-मृदुभाषी

-शब्दको भण्डार

-साहित्यसम्बन्धी ज्ञान

-भाषिक शुद्धता

-स्पष्टबोली

-शब्दको शुद्ध र सही उच्चारण

-आत्मविश्वासी

-साहसिक निडरता

-मिलनसार

-बौद्धिक व्यक्तित्व

प्रायश्चित भावनासँगै विनम्र बोली

उद्घोषकले गर्न नहुने कुराहरु

-माइक्रोफोन टेष्ट गर्ने बेलामा फु”फु”फु” गर्नुहुँदैन। बरु माइक्रोफोन टेष्ट गर्दा हेलो ”हेलो” हेलो १,२,३ भन्नु राम्रो हुन्छ।

-माइक्रोफोन अगाडि हेलचेक्राई गर्नुहुँदैन।

-गोजीमा हात राख्नु हुँदैन। शरीर हल्लाउनुहुँदैन, खुट्टा हल्लाउने नगरौं।

-नाक, कोट्याउने, कान कोट्याउने तथा कपाल कनाउने जस्ता काम पनि गर्नुहुँदैन।

-नङ टोक्ने, पेन टिक-टिक पार्ने, पैसा बजाउने काम गर्नुहुँदैन

-ध्यान अन्यत्रतिर लैजाउनु हुँदैन

-समयप्रति वे-वास्ता गर्नु हुँदैन

-राष्ट्रभाषाको अनादर गर्नु हुँदैन

-अनावश्यक वैदेशिक भाषाको प्रयोग गर्नुहुँदैन

-वक्तालाई आक्षेप लगाउनु हुँदैन

-व्यक्तिगत तर्फबाट कुनै पनि वक्तालाई उतारचढाव गर्नुहुँदैन

-ठाडो र अशिष्ट भाषा प्रयोग गर्नुहुँदैन

-शब्द दोहोर्‍याउनु हुँदैन

-कुनै पनि थेगो प्रयोग गर्नुहुँदैन

-जाँड, रक्सी, चुरोट, बिंडी, अमिलो, पिरो, चिल्लो, प्याजजस्ता चिज सेवन गरी कार्यक्रम सञ्चालन गर्नुहुँदैन।

अन्त्यमा, कार्यक्रममा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु पनि राख्नुपर्दछ। दर्शकले मन्तव्यमात्र पनि मन पराउँदैनन्। कार्यक्रम उद्घोषक केटा भएमा ख् आकारमा उभिनु पर्छ। महिला उद्घोषक भए ी आकारमा उभिनु पर्दछ। उद्घोषकले आÇनो ड्रेसअपमा पनि विशेष ध्यान दिनुपर्दछ। सर्ट र पाइन्ट आइरन गरेको र टाइसुट हुनु पनि आवश्यक छ। माइक्रोफोन समाउँदा तारलाई अलिकति बटारेर मुखबाट माइक्रोको दुरी ६ औला हुनुपर्दछ। उद्घोषक भइसकेपछाडि मासको अगाडि बोल्न डराउँनुहुँदैन।

भनिन्छ नि,ब ‘बोल्नेको पिठो बिक्छ, नबोल्नेको चाम पनि बिक्दैन’ त्यसैले मन दह्रो पारेर कार्यक्रम चलाउने प्रयास गर्नुस् सफल उद्घोषक अवश्य बन्नुहुनेछ।

यात्रा

घुम घाम

Sunday, February 8, 2015

प्रेमविहिन-प्रेम दिवस!!

प्रेमको के भर,
जहाँ प्रेम नै गिद्द छ।
भावनाहरु लुछिन्छन्,
तिखा नङ्ग्राले
कोतर्दै, चिथोर्दै
घाइते बनाइन्छन।
निर्दोष भावनाका लासहरु
डुङ्डुङती गनाइरहेको बस्तीमा
गुलाफको सुगन्ध
हावा मै बिलाइरहेछ।
तैपनि,
गुलाफ साटिइरहन्छन
एक जनाले एउटा
गुलाफ बाड्दा भन्दा
एकै जनाले सयलाई
बाड्दा मख्ख पर्दै
रातो रक्तिम खुसी बेचिरहन्छ
फुल पसले।
उसका लागि प्रेम दिवस
फगत नाफा दिवस!!
बैंक ब्यालेन्ससँग गरिएका प्रेम
बजार भाउ जस्तै
घटबढ भइरहन्छन्
आजकल,
डेबिट र क्रेडिटका नियम
चालिन्छन प्रेममा।
प्रेममा लेखा र ब्यापार नदेख्ने
सधैं घाटामा!!
प्रेम गर्नेहरुको महान चाड
प्रेम दिवस,
भ्यालेन्टाइनस् डे बनेर
शिवरात्रीका नाङ्गा बाबा झैँ
नाङ्गो,उत्ताउलो नाच,
यौवनको उन्माद,
जवानीको जोस देखाउछ
यत्रतत्र!!
जिवनभर साथ
मनभरिको माया साटेर
कैयौं हिउँद सगसगै काटेर
ती चाउरी परेका जिवनमा
कहिले आएन,
कहिले आश्यकता परेन
प्रेम दिवसको!!
प्रेम दिवस त
नाङ्गो बैँशलाई आउँछ,
उजाड शिशिर पछि पलाएका
कलिला मुना जस्ता मनमा
कौतुहुलता बनेर छाउँछ।
धर्मको नाममा व्यापार भए झैँ
प्रेमदिवसमा प्रेमको व्यापार गरिन्छ,
मन्दिरमा भेटि चढाएर भक्ति देखाए झैँ
उपहार दिएर, उपहार लिएर
प्रेम देखाइन्छ!!
प्रेमको एक रुप हातभरि
राता गुलाफ लिएर
गुलाफी मुस्कान मुस्काउदै गर्दा
प्रेमका अन्य रुपहरु
मात्तृत्व,
भ्रातृत्व,
मित्रता, इत्यादि
खाली हात
नेपथ्यबाट चिहाइरहेछन!!

Thursday, February 5, 2015

रोल्पाली जन्ताको मन जित्नु नै ठुलो कुरो हो ।

सूचना र मनोरञ्जनको सहज
माध्यम स्थानीय रेडियोको पहुँच
सञ्चारमाध्यममध्ये सबैभन्दा बढी छ । प्रजातन्त्र
पुनस्र्थापनापछि निजी क्षेत्रमा एफएम
रेडियो खुल्ने क्रम बढेसँगै यसका श्रोता पनि ह्वात्तै
बढे । खासगरी रहरैरहरमा खोलिएका एफएममा कुशल
व्यवस्थापन अभावका कारण समस्या छ ।
आम्दानीको स्रोत एकदमै सीमित भएकाले आर्थिक
अभाव झेलिरहेका छन् । तर पनि रोल्पामा फेरि रेडियो संचालनमा आउन लागेको कुरा सुन्दा  खु:सी लागेको पनि छ । तथा धेरै कुराहरू पनि मनमा खेलेका छन । रोल्पाको पहिलो रेडियो स्टेसन  रेडियो रोल्पा मानवअधिकार सचेतन
केन्द्र (हुरेक)
रोल्पाद्वारा २०६५ साल साउन ९ गतेदेखि प्रसारण
आरम्भ थालेको  हो । त्यस लगत्तै रोल्पामा रेडियो जलजला , रेडियो सुन्छहरी पनि संचालनमा आएका छन। तर रेडियो खोलिनु मात्र ठुलो कुरो होइन । रोल्पाली जन्ताको मन जित्नु नै ठुलो कुरो हो । सामुदायिकका लागि भनेर खोलिएका रेडियोहरू समुदायको आवाज बोलिएको मलाई लाग्दैन । जिल्लाका रेडियोबाट प्रसारण हुने कार्यक्रममा हरू पनि कमै छन । मात्र काठमाडौंका रेडियोहरू बाट उत्पादन भएका कार्यक्रमहरू बजाउन जिल्लाका रेडियोहरू कर्मचारी अग्रसर छन । खोइ त रोल्पाली हरूको मन जितेको  कार्यक्रमहरू मैले त सोचेको थिए । अब गाउँमा भएका खोज खबरहरू सबै जन्ताको सामु रेडियो मार्फत सुन्न पाईयोस तर त्यसो भएको सुन्न पाईएन अनि समाचारहरू पनि विभिन्न अनलाइन साईटहरू बाट लिईएर प्रसारण गर्छन् । रोल्पा ३ वटा रेडियोहरूलाई राम्रोसँग चलाउने हो भने किन अर्को रेडियो खोल्ने  । हुन त मैले खोल्न लागेको रेडियोको बिरोध गरेको होइन  । जिल्ला ३ वटा रेडियोहरू संचालनमै छन । तिनी रेडियोहरू राम्रोसँग चलाउने तिर लाग्नु पर्छ । जिल्लाका ग्रामीण भेगहरूमा गएर खोज खबरहरू रेडियो मार्फत  प्रसारण
गर्न जरुरी छ। हुन् त रोल्पामा बजार ब्यबस्थापन गर्न पनि गाह्रो छ। तर पनि रेडियो संचालन गरेपनि अब को रेडियोले काठमाडौं को रेडियो बाट उत्पादन भएका कार्यक्रम होइन । जिल्लामै उत्पादन  भएका कार्यक्रमहरू सुन्न पाईयोस र ग्रामीण भेगका जन्ताको अवाजहरू रेडियो मार्फत सुन्न पाईयोस मेरो सुभ कामना छ । रेडियोको उत्तर उत्तर प्रगतिको लागि 

Tuesday, February 3, 2015

"द्वन्द्वले देखाएको शान्तिको बाटो"


"फर्कि आउ शान्ति तिमि लालिगुराँस भन्छन
     फर्कि आउ शान्ति भन्दै डाँफे–मुनाल रुन्छन !"
यो गीत त्यसै रचिएको होइन । हालसालै नेपालमा गीतमा प्रस्तुत गरिएजस्तै यथार्थता नहोला तर अहिले पनि अनुभूतिसहितको शान्ति स्थापना हुन नसकेको सत्य हो ।
समय र परिवर्तित नेपाली राजनीतिसँगै नेपालमा अनेक प्रकारका दूर्घटनाहरु भए । बुद्धको देशमा नरसंहार चल्यो । परिवर्तनका नाममा आन्दोलन र सशस्त्र युद्धहरु भए । त्यो अवस्थामा जनता त्रासदिपूर्ण अवस्थामा बाँच्न विवस भए । यस्ता आन्दोलन र युद्धका समयमा हजारौं सर्वसाधारण नेपालीले अनाहकमा मृत्युसँग जीवन साट्न तयार हुनु प¥यो । तत्कालिन नेकपा माओवादी ले वि।स। २०५२ सालदेखि सुरु गरेको सशस्त्र युद्धले शान्तिको प्रतिकका रुपमा रहेको नेपालको पहिचान गुमायो । गृहयुद्ध भएको देश, अशान्तिको देश नेपालको परिचय बन्न पुग्यो ।
माथीको गीतमा भनिए जस्तै तत्कालिन माओवादीले गरेको सशस्त्र युद्धकावेला शान्ति खोजेर भेटाउनु मुर्खता जस्तै बनेको थियो । सरकारले पनि जनतालाई शान्ति महसुस गराउन भुलिसकेको थियो । त्यो वेला सायद ती अचेत वनपाखाहरु रुन्थे होला, राष्ट्रिय फूल लालिगुराँस शान्तिको आव्हान गरिरहेको हुन्थ्यो होला । हिमालको फेदमा बसेर डाँफे शान्ति खोज्दै रुन्थ्यो होला । झट्ट सुन्दा यो सबै कल्पना जस्तै होला । तर अचेत वनपाखाहरुमा पनि त युद्धका डामहरु अझै देखिन्छन् भने व्यक्तिहरुमा कति होलान रु बुट्यानहरुमा त गोलि र छर्राहरुका दाग भेटिन्छन अझै, मान्छेहरुमा कति होलान रु के नेपाली जनता  शान्ति चाहदैनन र ?
जतिवेला नेपालमा द्वन्द्व भयो, त्यसपछि विदेशी राष्ट्रको दृष्ट्रिकोण फेरियो । संयुक्त राज्य अमेरिकाले सशस्त्र युद्धमा होमिएको तत्कालिन माओवादीलाई आतङ्ककारी घोषणा ग¥यो । नेपालमा पनि आतङ्ककारी भएको विश्वले थाहा पाएपछि विदेशिका लागि नेपाल मायालु होइन डरलाग्दो र युद्धको देशका रुपमा परिचित बन्न पुग्यो । नेपालीहरुले साँच्चि भन्ने हो भने यो अवस्थामा कसको माया र सद्भाव पाउँथे, जहाँ गृहयुद्ध चलेको छ । यो अवस्थामा बहादुरी नेपालीको शिर पक्कै पनि झुकेको हो । तत्कालिन अवस्थामा यो भान कसैलाई पनि भएन । युद्धका कारण मलाई के भयो, कसलाई के असर प¥यो र नेपाललाई के असर हुन्छ भन्ने न त तत्कालिन सरकारले सोच्यो न त विद्रोही पक्षले । युद्धका कारण देशले गुमाएको आर्थिक विकासतिर कसैको आँँखा परेनन् । द्वन्द्वको दीर्घकालिन असरको विष्लेषण गर्ने आँटसमेत गरिएन । यसका दोषि सरकार र विद्रोही दुवै थिए ।
माओवादीले सुरु गरेको सशस्त्र युद्ध मात्रै होइन मधेश आन्दोलनका वेला पनि जनताले शान्तिको अनुभूति गर्न पाएनन् । नेपालको इतिहासलाई अलिकति मात्रै केलाउने हो भने पनि बहादुरीको नाम कमाए पनि नेपालीले शान्तिको अनुभूति कहिल्यै गर्न नपाएको सहजै बुझ्न सकिन्छ । वि।स। २००७ साल अघि पनि राणाहरुको शासनमा जनताहरु लुथ्रुक्क पर्नु पर्ने अवस्था थियो । २००७ सालमा प्रजातन्त्रको स्थापना भएपनि वि।स। २०१७ सालमा तत्कालिन राजा महेन्द्रले कु गरेपछि जनतालाई पञ्चायत कालको असहज परिस्थितिको सामना गर्नु पर्ने बाध्यता थियो । लामो पञ्चायत कालमा साना बिरोधको आवाज निस्किएको थाहा भए मात्रै के सजाय भोग्नु पर्ने हो भन्ने अवस्थामा थियो । त्यतिवेला सञ्चार माध्यम पञ्चायतको पक्षमा नभए बन्द गर्नु पथ्र्यो । त्यो अवस्थामा कस्तो शान्तिको महसुस भयो होला जनतामा रु जतिवेला बोल्दा पनि केही हुन्छ कि भन्ने अवस्था थियो । वाक स्वतन्त्रतामा समेत बन्देज लगाइएको अवस्था थियो ।

हो, प्रजातन्त्रको पुनरवहाली पछि वि।स। २०४६ सालपछिका दिनहरुमा भने नेपाली जनतालाई शान्तिको अनुभूति गरे जस्तो भयो होला तर लामो समयसम्म यो अनुभूति पक्कै पनि रहेन । वि।स।२०५२ सालदेखि नै तत्कालिन माओवादीले सशस्त्र युद्ध घोषणा गरेपछि जनतामा बाँच्नुसँग मात्रै मतलव हुन थाल्यो, शान्ति र विकास टाढाका कुरा भए । विभिन्न कालखण्डमा भएका आन्दोलन र संघर्षको फाइदा उठाउँदै हत्या, हिंसा र लुटपाट जस्ता अपराधिक क्रियाकलाप बढेका तथ्याङकहरु पनि सुरक्षित छन् । यो अवस्थामा शान्ति कसरी अनुभूति हुन सक्छ रु शान्ति त महसुस गर्ने कुरा हो । जनतामा मनभित्रैबाट शान्तिको महसुस गराउनु अब राज्यको दायित्व हो ।
माओवादी द्वन्द्वमा सरकार वा विद्रोही पक्षबाट पीडित बनेकाहरु अझै विक्षिप्त अवस्थामा छन् । सरकारले उनीहरुलाई राहात दियो, आयमुलक तालिम प्रदान गरी आयआर्जनतर्फ प्रेरित गर्ने प्रयास पनि गरेको छ । तर शान्ति विर्सिएका पीडितहरुका ती विक्षिप्त मनहरुमा शान्ति महसुस भएको छैन । उनीहरुका आँखामा आँसुहरु ओभाउन सकेका छैनन् । प्रयास त भयो तर भावनात्मकरुपमा पीडा विर्साए शान्ति देखाउन उनीहरुलाई कसैले सकेको छैन । द्वन्द्वकालका पीडितहरुको चित्त बुझाउनु आफैमा चुनौतीपूर्ण पनि हो । शान्ति अनुभूति र महसुस गरिने कुरा भएकोले पनि भावनात्मक रुपमा द्वन्द्वको घाउ निको बनाउन चुनौती देखिएको हो ।
अहिले देखा परेका चुनौती र द्वन्द्वको पीडालाई सिक्ने अवसरको रुपमा अव आमसर्वसाधारणले लिनु पर्ने अवस्था सिर्जना भएको छ । विगतको इतिहाँसलाई मात्रै पनि सिकाईको रुपमा लिने हो भने देशले पुनः द्वन्द्वको सामना गर्नु पर्ने छैन । हुनत द्वन्द्वलाई अन्याय,अत्याचार, विभेद, असमानता अपमान पछि व्यक्तिमा उब्जिएको विद्रोही भावनाको उग्र रुप भन्ने गरिन्छ । तर व्यक्तिमा विद्रोही भावना हुँदैमा द्वन्द्व भइहाल्छ भन्ने होइन । द्वन्द्वको नेतृत्व गर्ने पनि अर्कै हुन्छ । तसर्थ द्वन्द्व अर्कैले सिकाएको बाटो पनि हो । अन्याय, अपमान, असमानता, विभेद र अत्याचारको विकल्प विद्रोह मात्रै होइन । अधिकार प्राप्तिको मुख्य बाटो संघर्ष हो । संघर्षलाई विद्रोहसँग भने जोड्न हुँदैन ।
पक्कै पनि अवका दिनहरुमा एक पटक मात्रै सबैले विगतको द्वन्द्वका असर र द्वन्द्वका पीडाहरु व्यवस्थापनमा देखिएका चुनौतीलाई मात्रै सम्झिने हो भने पनि अवको बाटो शान्तिको मात्रै हुनेछ । द्वन्द्व र अशान्तिबाट मुक्तिको श्वास लिन थालेका नेपाली जनताले अब भने धेरै सिकिसकेका छन् । उनीहरुलाई शान्तिको बाटो त विगतका द्वन्नै सिकाएको छ । उनीहरुले अव द्वन्द र अशान्तिका बाटाहरु केहिल्यै देख्ने छैनन् । हो, अवको बाटो शान्तिको मात्रै हुनेछ ।
नरेश जि.सी रोल्पा   हाल भारत