Sunday, December 28, 2014

बेदना


म बिदेशमा हजार कमाउँछु , मेरा साथीहरु
नेपालमा लाखको कुरा गर्छन I म भारतमा साईकल चढ्छु ,
मेरा साथीहरु नेपाल मा बाईक चढ्छन् I म बिहान
आँखा मिच्दैँ काम गर्न जान्छु , मेरो साथीहरु
मुँखमा घाम नआउन्जेल निदाउँछन् I म साझँ कामले
लखतरान भएर घर फर्कन्छु , मेरो साथीहरु रक्सीले
लडबडाउदै घर फर्कन्छन् I साथीहरु भन्छन् : "बिदेश
मा मोज गरिरहेकोको छस" ... मेरा साथीहरु
मेरो प्रोफाइलको फोटोमा मेरो पछाडीको अग्लो अग्लो घरहरु
देख्छन् , तर आफ्नो पछाडीको अग्ला अग्ला हिमाल
देख्दैनन् I म भुलिरहेको बिशाल समुन्द्र देख्छन , तर
तिनीहरु रमाईरहेको सुन्दर झरना देख्दैनन् I
मेरो वरिपरीको गोरो अनुहार देख्छन् , तर तिनीहरू
आफ्नो वरिपरीको निश्चल मन देख्दैनन् ! मेरा साथीहरु
थोरै काम धेरै आराम गर्छन् , म धेरै काम थोरै आराम गर्न
पाउँछु I तैपनी कहिले काहीँ अनलाईनमा साथीहरु संग
कुरा हुदा भन्छन् ... पैसा कमाएर ठुलो भयो बोल्न
छोड्यो ...


नरेश जि.सी प्रदेशी भुमी बाट ।

हे युवा जय यवा

युवाले फेर्न सक्छन देशको मुहार
सामाजिक बिकाशकोलागी युवाहरुले अहम
भूमिका निभाउन सक्छन
युबाहरु देश बिकाश र सामाजिक रुपान्तरण
का सिपाहीहुन ,सिंगो देशको
बिकाश देखि लियर सामाजिक रुपान्तरण
मा उनीहरुको जोश ,जागर र केहिगरिखाने भावनाले
ओत पोत हुन्छ|
युबा भित्र को उर्जा शक्तिलाई राष्ट ले भरपुर
रुपमा प्रोत्साहित गर्नु पर्छ|
जसबाट देश र जनताले परिवर्तन र बिकाश का जटिल
नियम हरुलाई प्रयोग कोसाथै नया आबीस्कारी रुप
बाट देखन सकुन \
,सामाजिक बिकाशकोलागी आमजनमानस हरु
पनि सरिक बनाउनमा युबा पंगति हरु बाट सहज हुने
हुदा यो तर्फ सरकार को पनि ध्यान जानु पर्छ|
हाम्रा युबाहरु
आफ्नोजिविका उपार्जन्कोलागी खाडी मुलुकहरुमा मात्र
जीवन यापन लाइ लियर ठुलो जोखिम उठाउन बाध्य
छन|
जो देश बिकाशको बाटोमा अत्यन्त घातक छ | युबाहरु
जस्तो सुकै जोखिम पनि शहज उठाउने आटगर्दछन|
,यो आट र जोखिम मात्र जीवन यापन मा सिमित
नभई राष्ट बिकाशलाइ पनि सहयोग
पुगोसमा आधारित हुनु पर्नेहो तर आज
हाम्रो देशमा ठिक
उल्टो भयको छ |
अरुको देशको बिकाशमा हाम्रा युबा हरुले
ठोलो जोखिम उठाए बापत जीवन
यापनको लागी केहि रकम मिल्छ
तेशैमा युबा जोश ,जागर र आफ्नो बुलन्द हौसला नस्ट
गर्न बाध्य छन .............................| युबा यो देश धेरै
तिमी हरुको हो थोरै हाम्रो पनि
युबाहरु मिलेर राष्ट निर्माणमा र सामाजिक
बिकाशमा निरन्तरता हो भने हाम्रो देश दिन
दुगुना रात चौगुना बिकाश भयर जाने छ | सामाजिक
सदभावमा गुणस्तर बिर्दी बाट नै समुचि देशले बिकाश
गर्ने छ |
बिदेशको कमाइ र मेहनत को तुलना गर्ने हो भने
नेपालमा पनि सुन फुल्न सक्छ
बिदेसिन बाध्य पारीए का उर्जाशिल
लाखौ लाखको संख्या लाई सही बिचार र
सिधान्तको वरिपरी सङ्घठित गर्दै उनीहरु लाई
मुक्तिकामी जन्तासंग हातेमालो
गरि अगाडी बढने चेतनाको बिकाश गराउदै बिदेस बाट
कमाएको सिमीत धन पैसा ले नत देशको अबस्था सुधार
हुन्छ नत युबा हरुको जीवन स्तर उठन सक्छ यो कुरा अब
नेपाली युबा हरुले बुझनु पनि पर्छ र समयको माग
पनि हो
युबाहरुको बेरोजगारी आज
सरकारको निम्ति मागी खाने भाडो र कमाउ
धन्दा भएको छ . साहुहरुका निम्ति उनीहरुले
कमाएको रकमलाई कसरि आफ्नो पोल्टामा पर्ने भने
हानथाप भएको छ \
सत्ताधारी पार्टीका निम्ति युबाहरुको बेरोजगारी सस्तो लोकप्रियता हासिल
गर्ने साधन भएको छ | युबाहरुको जीवन नै बर्बादी र
टायम पास र निरासामा अग्रसर हुदै गएकोछ |आज
विदेश जाने सपनामा लाखौ लाख युबाहरु
खल्तीमा पासपोट हालेर देश भित्रै
भौतारिरहेका हजारौ हजार युबाहरुको बास्तबमै
मुक्ति कसरि हुन्छ भने प्रश्न गम्बिर भएर आएको छ |

Friday, December 26, 2014

के हो जिवन

कसैले भनेका थिए,
जिन्दगी के हो जिएर हेर, आसु के हो पिएर हेर
न जिइ न
पिइ वास्तव मै थाहा हुँदैन बास्तबिकता के हो भनेर
तर म
भन्छु दृष्टिकोण बद्ले बदलिन्छ जिबन ।
माछा पानी मा पौडिरहेको छ
तैपनी थाहा छैन कि उ
कहाँ छ । मान्छे
यो धर्ती मा बाची रहे को छ
तैपनी थाहा छैन कि उ कहाँ छ । त्यो माछा लाई
पानी को अस्तित्व थाहा नभए जस्तै मान्छे लाई
पनि जिबन को अस्तित्व थाहा छैन । म कहाँ छु ? म
के
गर्दै छु केहि थाहा छैन तैपनी उ अन्धकार
मा दौडी रहेको छ । आसा जस्तो अन्धकार
केहि छैन ।
यसले जिन्दगी डढेलो लगाइ दिन्छ । लक्ष्य
बिना को आसा बेर्थ छ । अनि मान्छे
भौतारी रहन्छ।
भेट्ने लाई सोधी हल्छ कि जिबन के हो?
कुनै एकै शब्द
को परिभाषामा जिबन लाई बुझ्नु गलत हुन्छ । जुन
अस्तित्वले गर्दा मान्छे को जिबन रहेको छ
त्यही हो जिबन ।
अर्को शब्द मा भन्नु पर्दा एक महान अबसर
हो जिन्दगी । ठुला ठुला बैज्ञानीक
बन्ने अबसर दर्शन
बिज्ञान अनि गणित को खोजी गर्ने अबसर
ठुला ठुला डाक्टर, इन्जिनिएर, ब्यापारि, पत्रकार,
कलाकार बन्ने अबसर को एक बाटो हो जिन्दगी ।
त्यस्को आर्को पाटो लाई हेर्ने हो भने,
ठुला ठुला आतंकबादी बन्ने अवसर, चोर
फटाहा बन्ने
अवसर अनि एच आइ भि जस्ता रोगले ग्रस्त हुने अवसर
यि सबै अवसर हुन मात्र रोजाइ तपाईंको ।
मान्छे लाई बाचेर मात्र पुग्दैन आफु लाई पूर्णत बदल्नु
पर्छ । बदल्नु को मतलब यो हो कि हिजो म जुन
निकृस्ठ
जिन्दगी बाचेको थिए त्यस बाट एक स्थर माथि उठ्नु
अनि जिबन उपायोगी गुण हरु को बिकास गर्दै जानु

मन
ले आफ्नो मन को सुस्म सक्ती लाई आत्मा सुझाब
दिदै
जानु भने को बदलिनु हो । बिकास को अर्को नाम
नै
बदलिनु हो । किताब मात्र पढेर कोही पनि बदलिन
सक्दैन
जब सम्म दैनिक अभ्यास गरिदैन । किताब पढ्नु भने
को चेतना को स्तर बृदी गर्नु मात्र हो ।बदलिन
को लागि बल चाहिन्छ त्यो हो मन को बल,
आत्मा सुझाब्, आफ्नो मन ले मन लाई भन्दै जानु पर्छ,
आत्मा सुझाब दिदै जानु पर्छ कि म जे पनि गर्न सक्छु

अनि आफु लाई राम्रो चिज सँग तुलना गर्नु, उच्च स्तर
को मान्छे हरु सँग सँगत गर्नु भने को आफु लाई बदल्ने
पहिलो बाटो हो ।
बदलिनु भने को आज बाचिरहेको सन्सार लाई त्याग्नु
हो । हिजो म जुन मान्छे थिए म आज भिन्नै मान्छे
हो भनेर आत्मै देखी महसुस
गरी प्रगती को बाटोमा
अघी बद्नु नै बास्तबिक
परिवर्तन हो ।
यो संसार मा प्रकृती को आफ्नै नियम छ । बिहान
घाम
उदाउछ, फेरी राती अस्ताउछ । आसार
मा पानी पर्छ,
पुर्णिमाको रात मा चन्द्रमा उदाउछ । त्यसरी नै
मान्छे
को जिबन मा पनि परिवर्तन भ इ रहन्छ तर
हामी देख्दैनौ ।
हामी चिन्दैनौ आफैले आफैलाई
त्यही नचिन्नु नै
जिन्दगी मा ठुलो दुर्घटना हुनु हो ।
हामी त भागि रहेछौ हार खाइ खाइ,
तड्पी रहेछौ कसै
को याद मा । आस्ताउदै बिलाउदै अनन्त
गतिमा आफैले
आफैलाई पुरी रहे छौ । छोडेर जाने माया लाई
गल्ली -
गल्ली मा कुरी रहे छौ ।
कती अन्धाकर
बनाएका छौ हामी ले आफ्नै
जिन्दगी । जुन कुरा पाइदैन
भन्ने थाहा हुँदा हुँदै
पनि त्यसको पछी लागि रहेका छै
अनि हामी बर्बाद नभए को हुने ।
प्रकृती ले पालुवा फेरे जस्तै हाम्रो जिबन ले
पनि रङ
फेर्दछ, म हिजो जुन मान्छे थिए आज त्यो मान्छे
होइन
तैपनी हामी त्यही
हिजोकै पुरानो मान्छे ठानेर
दुखी हुन्छौं । आफु लाई
नचिन्दा हामी यती सस्तो भयौ कि
गल्ली गल्ली मा चुरोट
को धुवा उडाउदै मा ब्यस्त छौ । यस्को मतलब
यो हो कि हाम्रो जिबन चुरोट
को धुवा भन्दा पनि सस्तो छ । यती सुन्दर जिबन
उडि रहेछ धुवा बनी हावा मा, कस्ले
समाल्देला त्यो जिन्दगी, आफुलाई त
खैनी बिडी अनि बेश्या बृदी
गर्न मै ब्यस्त बनाइ
राख्याछ ।
त्यसैले बिगत मा बाच्नु भने को आफु लाई अन्धकार
मा धकेल्नु हो । काडाघारी मा आफु लाई फ्याक्नु
हो । बिगत मा बाच्ने होईन किनकी बिगत
मा फर्किन
मिल्दैन, न त बिगत लाई परिवर्तन गर्न मिल्दैन । बिगत
मा बाच्नु भने को दुखी हुनु हो ।
यती जान्दा जान्दै
पनि हामी यि कुरा बुझ्दैनौ । कुनै कुरा थाहा भए र
पनि नबुझ्नु भने को चेतना को स्तर को बिकास नहुनु
हो । चेतना को बिकास नहुनु भने को आन्धकार
मा हिंड्नु हो । आसा जस्तो आन्धकार संसार मा अरु
केहि छैन । आज को आसा ले नै भोले को यथार्थ लाई
लुकाउ दिन्छ अनि मान्छे भ्रम मा बाच्न बध्य हुन्छ ।
सुखी हुनु अनि खुशी हुनु
को लागि एउटा मात्र सुत्र छ
त्यो हो बिगत मा नबाच्नु । बिगत मा बाच्ने हरु
एकदिन
बर्बद हुन्छन ।
हामी यती अज्ञानता मा बाच
छौकी हाम्रो जिबन
मा कुनै भिजन नै छैन न त लक्ष्य छ न त उनै उदेश्य न
आफु राम्रो छ न त अरु लाई राम्रो देख्न सक्छ ।
बाटो हरु अन्त्यहिन छन यदी जिबन मा कुनै
भिजन भइ
दिए को भए गन्तब्य अबश्य भेटिने थियो । भिजन
नहुनेहरु
ले गन्तब्य कहिले भेट्दैनन । हामी दुखित
हुन्छौं ।
संसार दुख को सागर हो भन्दै आत्माहत्या गर्न
पछी पर्दैनन । यसरी नै संसार बाट
लोप हुन्छ