Sunday, December 28, 2014

बेदना


म बिदेशमा हजार कमाउँछु , मेरा साथीहरु
नेपालमा लाखको कुरा गर्छन I म भारतमा साईकल चढ्छु ,
मेरा साथीहरु नेपाल मा बाईक चढ्छन् I म बिहान
आँखा मिच्दैँ काम गर्न जान्छु , मेरो साथीहरु
मुँखमा घाम नआउन्जेल निदाउँछन् I म साझँ कामले
लखतरान भएर घर फर्कन्छु , मेरो साथीहरु रक्सीले
लडबडाउदै घर फर्कन्छन् I साथीहरु भन्छन् : "बिदेश
मा मोज गरिरहेकोको छस" ... मेरा साथीहरु
मेरो प्रोफाइलको फोटोमा मेरो पछाडीको अग्लो अग्लो घरहरु
देख्छन् , तर आफ्नो पछाडीको अग्ला अग्ला हिमाल
देख्दैनन् I म भुलिरहेको बिशाल समुन्द्र देख्छन , तर
तिनीहरु रमाईरहेको सुन्दर झरना देख्दैनन् I
मेरो वरिपरीको गोरो अनुहार देख्छन् , तर तिनीहरू
आफ्नो वरिपरीको निश्चल मन देख्दैनन् ! मेरा साथीहरु
थोरै काम धेरै आराम गर्छन् , म धेरै काम थोरै आराम गर्न
पाउँछु I तैपनी कहिले काहीँ अनलाईनमा साथीहरु संग
कुरा हुदा भन्छन् ... पैसा कमाएर ठुलो भयो बोल्न
छोड्यो ...


नरेश जि.सी प्रदेशी भुमी बाट ।

No comments:

Post a Comment